काठमाण्डाै – पहिरोले अस्ति बुधबार बिहानदेखि अवरुद्ध लमजुङको बेसीशहर–मनाङको चामे सडक खण्ड खुलेको छ ।
मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाउनुका साथै पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्रे–बेसीशहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूल्ठूला ढुङ्गा खसेका थिए । सडक खुलेसँगै साना गाडी पार भएका छन् । ठूला गाडी सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो ।
झन्डै ६५ किलोमिटर लामो बेसीशहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो ।

