करदाता प्रोत्साहन उपहार कार्यक्रम : २ बम्परसहित ३३ जना विजेता घोषणा (कुपन नम्बरसहित)

काठमाण्डाै – सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ ।

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच गएको भदौ महिनाका ३१ जना र दुई जना बम्पर गरी ३३ जना विजेता घोषणा गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो ।

भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही १ लाख र दुई जनाले बम्पर उपहारअन्तर्गत जनही १० लाख रुपैयाँ पाएका हुन् ।

भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किन्ने कुपन नम्बर ०३६४४७८५२३७८ र कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान किन्ने कुपन नम्बर ०४८९१५६१८२११ का ग्राहकले बम्पर उपहार जितेका हुन् ।

आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको हो ।

यी हुन् १ लाख रुपैयाँ जित्ने विजेता –

0-1789634494.jpg

01-1789634494.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *