काठमाण्डौ – सुनको भाउ आज बिहीबार तोलामै १३ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर सुन आज तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ ।
यसअघि हिजो सुन तोलामा ६०० र अस्ति ७०० रुपैयाँले बढेको थियो । हिजो तोलाको २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति तोलाको २ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २६५ रुपैयाँ बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उच्च दरले बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।

