कहाँ–कहाँ संकलन गरिँदैछ बाढी प्रभावितका लागि राहत सामाग्री ?

सरकारले भाेटेकाेशी बाढी प्रभावितका लागि व्यक्ति, संघसंस्था तथा बाह्य मुलुकबाट आउने राहत सामाग्री संकलन केन्द्र ताेकेकाे छ। विदेशबाट आउने सामाग्री र स्वदेशभित्रका रहत सामाग्री संकलनका लागि संकलन केन्द्र ताेकिएकाे हाे।

प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयले दिएकाे जानकारी अनुसार विदेशबाट हवाइ माध्यमबाट आउने राहत सामाग्री त्रिभुवन विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। यसका लागि श्रद्धा भट्टराईलाई सम्पर्क व्यक्ति पनि ताेकिएकाे छ।

स्वदेशभित्रबाट आउने राहत सामग्री संकलनका लागि ४ वटा केन्द्र ताेकिएका छन्। जसअनुसार काठमाडाैँ उपत्यकाभित्र निर्वाचन आयोग कान्तिपथ र सहरी विकास तथा भवन निर्माण विभाग बबरमहलमा राहत सामाग्री संकलन गरिने छ।
यसैगरी नेपाली सेना मैथिली ब्यारेक बट्टार, नुवाकोट र सेनाकै बैरेनी ब्यारेक, धादिङमा पनि राहत सामाग्री संकलन गरिनेछ।

यस बाहेक इच्छुकदाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नेछन्। प्रधानमन्त्रीकाे सचिवालयका अनुसार ती राहत सामाग्रीलाई आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *