खोज, उद्धार र राहत प्रभावकारी बनाउन लामिछानेको निर्देशन

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ‘ब्रिफिङ’ लिनुभएको छ ।

सभापति लामिछानेले प्रभावकारी ढङ्गले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।

सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *