भूकम्प प्रभावित क्षेत्रमा व्यापक उद्धार अभियान सञ्चालन गर्न राष्ट्रपति सीको निर्देशन

काठमाण्डौ – तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।

पछिल्लो प्रारम्भिक विवरणअनुसार घाइते हुनेहरूको संख्या ६५ जना पुगेको छ । राष्ट्रपति सी जिनपिङले भूकम्पपछि व्यापक उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ ।

स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार गएराति नाग्चु क्षेत्रको बाकेन काउन्टी भूकम्पको केन्द्रबिन्दु बनेको थियो । यो काउन्टी तिब्बतको राजधानी ल्हासाबाट झण्डै ४०० किलोमिटर पूर्वोत्तरमा पर्छ ।

सी जिनपिङले आपत्कालीन उद्धार सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउन, विस्थापित बासिन्दाको सुरक्षित स्थानान्तरण तथा पुनर्स्थापना गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मत गर्न र जनधनको सुरक्षाका लागि प्रभावकारी उपाय अपनाउन पनि निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *