तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ जना बालबालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जानकारी दिनुभयो । हुम्लाको सिमकोटका बालबालिकालाई वनबासामा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनुभएको छ ।

ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन् । कञ्चनपुर प्रहरीकाअनुसार हुम्लाको सिमकोट गाउँपालिका–८ का ती बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *