सैनामैनाको मुर्गियामा एक करोड लगानीमा खुल्यो सिटी मेगा मार्ट

असोज २७, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४, मुर्गियामा सिटी मेगा मार्ट सञ्चालनमा आएको छ । करिव एक करोड लगानीमा उक्त मार्ट सञ्चालनमा आएको हो । मार्टको आज एक कार्यक्रमबीच सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।

मार्टको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले एउटै छानामुनि विभिन्न प्रकारका उपभोग्य सामग्री तथा सेवा उपलब्ध हुँदा स्थानीय उपभोक्ताको समय बचत हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा सैनामैना व्यापार संघका अध्यक्ष देवीदत्त सुवेदीले यस्ता मार्टले स्थानीय बजारको विकास र विस्तारमा योगदान पु¥याउने बताउनुभयो। त्यस्तै, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद पोखरेलले स्थानीय नागरिकलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएका व्यवसायको सफलताका लागि नगरवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता व्यवसायलाई सहयोग गर्न आफूहरू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।

पाँच जना युवाको संयुक्त लगानीमा सञ्चालनमा आएको सिटी मेगा मार्टले उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्य राखेको मार्टका अध्यक्ष युवराज आचार्यले जानकारी दिनुभयो। मार्टमा घरायसी उपभोग्य सामग्री, खाद्यान्न, किराना सामान, कस्मेटिक सामग्री, जुस, मदिरालगायत विभिन्न वस्तु उपलब्ध रहेको उहाँले बताउनुभयो। स्थानीय उपभोक्तालाई सहज रूपमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको अध्यक्ष आचार्यले बताउनुभयो।

मार्टमा युवराज आचार्य, कमल गौतम, विराट नेपाल, लक्ष्मण ज्ञवाली र विक्रम अर्याल सञ्चालकका रूपमा रहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *