काठमाण्डौ – अबको तीन दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
पर्सि बुधबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

