अर्घाखाँची : छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। चालक घाइते भएका छन्।
दुर्घटनामा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटीको मृत्यु भएको बल्कोटस्थित प्रहरी कार्यालयका प्रमुख दिवस दाहालले बताए।
घाइते चालकलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाइएको छ।

