काठमाडौं : सरकारले विद्यालय तहमा विद्यार्थीको पहुँचमा सुधार हुँदै गएको जनाएको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन(आव २०८२/८३) मा आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार शैक्षिक सत्र २०८२ मा आधारभूत तहको खुद भर्नादर ९७.७ प्रतिशत पुगेको उल्लेख छ।
यस्तै, माध्यमिक तहको खुद भर्नादर ५१.२ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले खुद भर्नादरमा लैङ्गिक समताको अवस्था पनि समग्रमा सन्तोषजनक देखिएको जनाएको छ।
प्रतिवेदनमा भनिएको छ,‘आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आधारभूत तहमा लैङ्गिक समता सूचकाङ्क १.०२ र माध्यमिक तहमा ०.९० रहेको छ। आधारभूत तहमा सूचकाङ्क १ भन्दामाथि हुनु छात्राको भर्ना सहभागिता छात्रको भन्दा केही बढी रहेको सङ्केत हो भने माध्यमिक तहमा अझै लैङ्गिक अन्तर रहेको देखिन्छ।’

