अनशन शुरु गरे डिल्ली हरिजनले

काठमाडौँ : एमबीबीएस/बीडीएस इन्टर्न चिकित्सकहरूको माग पूरा नगरेको भन्दै बस्दै डिल्ली हरिजनले सोमबार देखि पुन: अनशन शुरु गरेका छन्।

यसअघि सरकारसँग भएको पाँचबुँदे सहमति सरकारले पूरा नगरेको हुँदा आफूहरूसँग भएको उक्त सहमति कार्यान्वयन गर्नुपर्ने तथा इन्टर्न चिकित्सकका माग सम्बोधन गर्नुपर्ने भन्दै एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सक समेत रहेका हरिजनले पुनः आमरण अनशन शुरु गरेको बताएका छन्।

Global ime bank
TATA Loconav
उनले चिकित्सा शिक्षा आयोग, भक्तपुरमा दोस्रोपटक आमरण अनशन शुरु गरेका हुन्।

यसअघि गत साउन २२ गते नेपाल सरकार र अनशनरत हरिजनबीच पाँचबुँदे सहमति भएको थियो। उक्त सहमति कार्यान्वयन नभएको र इन्टर्न चिकित्सकका मागसमेत सम्बोधन नभएको भन्दै पुनः आमरण अनशन शुरु गर्नुपरेको हरिजनले बताएका छन्।

कार्यघण्टा र विश्रामको ग्यारेन्टी गर्नु पर्ने,२०८३ साउन २२ गते नेपाल सरकार र अनशनरत हरिजनबिच भएको ५ बुँदे सहमति अनुसार एमबीबीएस र बीडीएस लगायतका इन्टर्न विद्यार्थीहरूलाई स्वास्थ्य सेवाको ८ औँ तहको ५० प्रतिशत समान निर्वाह भत्ता उपलब्ध गराउनुपर्नेलगायतका माग उनले राखेका छन्। यसका लागि चिकित्सा शिक्षा आयोगको फुल हाउस बैठक तत्काल डाकेर सरकारी तथा निजी सबै कलेजमा यो व्यवस्था लागू गर्नुपर्ने माग राखेका छन्।

यस्तै नेसनल मेडिकल कलेजमा आवासीय चिकित्सकहरूले उठाएका समस्याहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र आयोगले आफ्नो नियामक अधिकार प्रयोग गरी निर्णयहरू पूर्ण पालना गराउनुपर्ने माग समेत उनले राखेका छन्।

यस्तै अतिरिक्त शुल्क र छात्रावास बाध्यता अन्त्य गर्नु पर्ने, त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीडीएस र एमबीबीएस दोस्रो वर्षमा लागू ‘बाधा प्रणाली’का कारण विद्यार्थीहरूको शैक्षिक प्रगतिमा असर परेकाले यसबारे अध्ययन गर्न त्रिवि, आयोग र सरोकारवाला सम्मिलित कार्यदल गठन गरी प्राप्त सिफारिसका आधारमा सुधार गर्नुपर्ने माग अघि सारेर आफू अनशन सुरु गरेको हरिजनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *