काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ ।
निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले हरायाे । भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएकाे थियाे ।

