मनकामना केबुलकारमा आवागमन बन्द

काठमाडौँ, असोज ११ । गोरखाको सहिद लखन गाउँपालिका वडा नं. २ र ३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पहिरोका कारण दर्शनार्थीको आवागमन बन्द भएको छ। मनकामना केबुलकार सेवा ठप्प भएपछि दर्शीनार्थीको आवतजावत बन्दभएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबहादुर थापा मगरले बताउनुभयो।

अध्यक्ष थापाका अनुसार ठाउँ–ठाउँमा पहिरो गएका कारण रामशाहघाट (ढाँडबारी) मनकामना जाने सडकका विभिन्न ठाउँमा पहिरो खसेकाले बाटो बन्द भएको छ।

त्यसैगरी सहिद लखन गाउँपालिका वडा नं. ३ सिलिङ्टार र चितवनको इच्छाकामना गाउँपालिका, वडा नं. ४, चेरेस जोड्ने त्रिशुली नदीमाथिको झोलङ्गे पुल क्षतिग्रस्त भएपछि केबुलकार सेवा बन्द भएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो। वर्षासँगै आएको पहिरोले गर्दा मन्दिर प्रवेश गर्ने सवारी साधन तथा पैदलयात्रीको आवागमन ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *