काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले मौसमका कारण हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सरकारका सबै मन्त्रालय तथा मातहतका निकायहरूले पूर्वतयारी तीव्र पारेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आज उनले पछिल्लो २४ घण्टामा विभिन्न निर्देशन, सार्वजनिक सूचना, नागरिक अपिल तथा प्रेस विज्ञप्ति जारी गरी पूर्वतयारीलाई तीव्र बनाइएको बताएका छन्।
आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको उल्लेख गर्दै उनले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षा र हुरी आउनसक्ने पूर्वानुमान मौसम विज्ञान विभागले गरेको उल्लेख गर्दै पूर्वसावधानी अपनाउनु र सतर्कताका साथ कार्य गर्नु नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताए।

