दुई दिनमा प्राकृतिक विपदका ४० घटना, १ जनाको मृत्यु

काठमाडौं : दुई दिनमा प्राकृतिक विपद्का ४० घटना घटेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ गतेदेखि ९ गते बिहान १० बजेसम्म बाढी,पहिरो,सर्पदंश,चट्याङ लगायत प्रकृतिका घटना घटेका हुन्।

बाढीबाट एक जनाको मृत्यु भएको छ भने सर्पदंशबाट ९ जना र चट्याङबाट १ जना गरि १० जना घाइते भएका छन्।

यी विपदमा १७६ जना प्रहरी परिचालन भएको प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *