काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन्।
मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्यूयोर्कतर्फ उडेका प्रधानमन्त्री शाहको पाँचदिने भ्रमण कार्यतालिका राष्ट्रसङ्घका महासचिवसँगको भेटवार्ता र महासभा सम्बोधनमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार साँझ ७ बजे काठमाडौंबाट उडेका प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन्।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघमा भाग लिन अमेरिका प्रस्थान गर्ने क्रममा पहिलेभन्दा फरक माहोल देखिएको छ । यसअघिका प्रधानमन्त्रीहरु विदेश जाँदा देखिने तामझाम आज देखिएन ।
दुई जना मन्त्री भने आफ्नै हिसाबले एयरपोर्ट पुगेका थिए । गृहमन्त्री सुदन गुरुङ र पर्यटन मन्त्री खडकराज पौडेल प्रधानमन्त्रीलाई विदाइ गर्न गएका हुन् ।

