मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले यसलाई मानव शरीरको ४९औँ रक्त समूह प्रणाली ‘जामा’ का रूपमा मान्यता दिएका छन् । यो दुर्लभ रक्त समूह प्रणालीको पहिचान एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययनबाट भएको साईन्स डेलीले जनाएको छ ।

वैज्ञानिकका अनुसार एफ–११ आर जीन ले ‘जामा’ नामक प्रोटिन निर्माण गर्छ । केही दुर्लभ व्यक्तिमा यो प्रोटिनसँग सम्बन्धित एन्टिजीन नहुने भएकाले सामान्य रक्त चढाउँदा शरीरले एन्टिबडी बनाएर चढाइएको रगतका रातो रक्तकोषिकामाथि आक्रमण गर्न सक्छ ।

अनुसन्धानकर्ताले एफ–११ आर जीन र जामा प्रोटिनसँग सम्बन्धित आनुवंशिक परिवर्तनको विस्तृत अध्ययन गरेका छन् । यो एन्टिजीन अधिकांश मानिसका रातो रक्तकोषिका र प्लेटलेटको सतहमा पाइने खबरमा उल्लेख छ ।

वैज्ञानिकका अनुसार नयाँ रक्त समूह प्रणालीको पहिचानपछि दुर्लभ रक्त समूह भएका बिरामी र सम्भावित रक्तदातालाई डीएनए परीक्षणमार्फत पहिचान गर्न सहज हुनेछ ।

यसले विशेषगरी दुर्लभ एन्टिबडी भएका बिरामीलाई उपयुक्त र सुरक्षित रगत तथा प्लेटलेट उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *