टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ। उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालेको जनाएको छ।
सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका केही व्यक्ति सम्पर्कविहीन भएका थिए।

