काठमाडौँ : रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र आज तीनवटा शवहरू फेला परेको छ।
सैनिक मुख्यालयले दिएको जानकारी अनुसार २ वटा शव निकालिएको र एउटा निकाल्ने क्रममा रहेको छ।
यहाँ अहिले पनि उद्धार कार्य जारी नै छ।
गत १० भदौमा आएको विनाशनकारी बाढीपछि यहाँ पनि मानिस हराइरहेको आशंकामा खोजी भइरहेको थियो।

