आज ३८ जिल्लामा बाढीको सम्भावना

काठमाण्डौ – आज विभिन्न ३८ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान निकालेको बुलेटिनअनुसार काठमाण्डौ उपत्यकासहित ३८ जिल्ला र आसपास भएर बग्ने स–साना नदीमा आकस्मिक बाढी आउनसक्ने जोखिम छ ।

महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशूली नदी तथा स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *