क्यानको कडा निर्देशन- विपद्‌को परिस्थितिमा हवाई भाडा नबढाउनू

क्यानको हवाई यातायात विभागले बुधबार एक पत्र जारी गर्दै सर्वसाधारणको सहज आवागमन र हितलाई ध्यानमा राखी भाडादर नियन्त्रणमा राख्न निर्देशन दिएको हो।

प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलगायतका वायुसेवा कम्पनीहरूलाई पत्र पठाउँदै सरकारबाट स्वीकृत अधिकतम भाडादर भन्दा कम र परिस्थितिअनुसार समुचित हुने गरी टिकट बिक्रीको व्यवस्था मिलाउन भनेको छ।

विपद्‌को समयमा सडक यातायात अवरुद्ध हुने र हवाई यात्रुको चाप बढ्ने मौका छोपी केही एयरलाइन्सले उच्चतम दरमा टिकट बिक्री गर्ने गरेको गुनासो आउने गरेपछि प्राधिकरणले हाल कायम भाडादरभन्दा नबढ्ने गरी हवाई टिकट उपलब्ध गराउन उपप्रबन्धक सन्तोष अधिकारीद्वारा हस्ताक्षरित पत्रमार्फत ताकेता गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *