लगातार ३ दिन बढेकाे शेयर बजार २ हजार ६०० विन्दु नजिकै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ५० अङ्कले बढेर २ हजार ५९७ दशमलव ८० विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेकोमा माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज १२० वटा कम्पनीको शेयर बढेकोमा १५२ वटाको घटेको छ । यस्तै दोल्ती पावर, जीवन विकास लघुवित्त र तेह्रथुम पावरको शेयर भने घटबढ भएको छैन ।

आज एनआईबीएल ग्रोथ फन्डको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर ८ दशमलव ७७ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३७१ वटा कम्पनीका ९४ लाख ६९ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।