आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - आज सुनको भाउ सामान्य बढ्दा चाँदीको भाउ भने घटेको छ । 

सुन आज तोलामा ४०० रुपैयाँले बढेर दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ८४ हजार ८०० रुपैयाँ थियो । 

आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो चार हजार ४१५ रुपैयाँ थियो ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।