काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले खेलेको भूमिकाको आर्थिक प्रतिफल खाडीका देशहरूले तिर्नुपर्ने बताउनुभएको छ।
साथै, हालैको अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दाबी गर्दै उहाँले तेहरानलाई केही महिनाअघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभयो ।
त्यसका कारण प्रत्यक्ष लाभ लिने खाडी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको तर्क छ । उहाँले हालैको अमेरिकी सैन्य कारबाहीले इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर परेको उहाँको भनाइ रहेको समाचार संस्था एएनआईले जनाएको छ ।