युक्रेनको किएभ क्षेत्रमा रुसबाट क्षेप्यास्त्र आक्रमण : १० जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

युक्रेनको राजधानी किएभ नजिक रुसबाट क्षेप्यास्त्र आक्रमण भएको छ ।

रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको ठाउँमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको र आक्रमणमा परी कम्तीमा १० जनाको ज्यान गएको तथा १०० जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्दृत गरी बीबीसीले जनाएको छ ।

आक्रमण किएभको केन्द्रबाट झण्डै २०–३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो । कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको खबरमा उल्लेख छ । तर यो घटनासम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।