सैनामैनाको कलौनीमा अस्थायी प्रहरी चौकी उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, मंसिर २५।
रुपन्देहीको सैनामैना–६ कलौनी स्थित अस्थाई प्रहरी पाेष्ट कलौनीमा उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले एक कार्यक्रमका विच आज उद्घाटन गर्नु् भएको हो । 


अपराध मुक्त र सभ्य समाज निमार्णका लागि प्रहरी र समुदाय विचको समन्वय र सहकार्य जरुरी रहेको प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले सो कार्यक्रममा बताउनुभयो । समाजमा शान्ति,सुरक्षा कायम गर्न स्थनिय तथा समाजको भूमिका महात्वपुर्ण हुने उहाँको भनाई छ । अपराध अनुसन्धानमा खटिने प्रहरी संवेदनशील र पारदर्शी हुनुपर्नेमा समेत उहाँले जोड दिनु भयो । सैनामैना ६ कलौनीमा स्थापन गरिएको अस्थायी प्रहरी चौकीले यस क्षेत्रमा शान्ति, शुरक्षा कायम गर्न सहज हुने उहाँले बताउनु भयो । अपराधिक गतिविधिमा लाग्ने ब्यक्ति समाज भित्र कै व्यक्ति भएकाले अपराध नियन्त्रणका लागि समाजका नागरिक नै बढी सचेत हुनुपर्ने उहाँको भनाई छ । 


सैनामैनाको विकासमा सुरक्षाकर्मीहरुको भुमिका महात्वपुर्ण रहेको सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्रा प्रसाद शर्माले बताउनु भयो । 


नेपाल प्रहरी अनुसन्धान र हरेक कृयाक्लापमा अब्बल रहेको सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । सडक दुर्घटना न्युनिकरण तथा अनुसन्धानका लागि सैनामैना क्षेत्रमा प्रविधिको प्रयोग हुनुपर्ने उहाँको भनाई छ । 


समाजमा हुने विभिन्न घटना तथा अनुसन्धानमा प्रहरी संयम र सजक भइ काम गर्नु पर्ने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रामराज पोख्रेलले बताउनु भयो ।

कार्यक्रम स्थानिय दुधराक्ष युव क्लवको संयाेजनमा सम्पन्न भएको हो । अस्थायी प्रहरी चौकी स्थापनका लागि सैनामैना नगरपालिका, पुर्वजनप्रतिनिधि, दुधराक्ष युवा क्लव, राजनितिक दल, समाज सेवि तथा विभिन्न व्यक्तिहरु लगाएतले महात्वपुर्ण भूमिका खेलेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।