सैनामैना मङ्सिर २३ ।
बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सैनामैना–५ बालापुर स्थित संस्थाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न भएको हो ।
शुद्ध र गुणस्तरीय पिउने पानीको सहजताका लागि खानेपानी संस्थाको सहकार्यमा वडाले काम गर्ने वडा सैनामैना नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धन प्रसाद पौडेलले सो कार्यक्रममा बताउनुभयो । बालापुर खानेपानी आयोजनाले यस क्षेत्रका बताउनुभयो । वडा वासी उपभोक्ताहरुलाई खानेपानीको पहुँच पुर्याउन सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाई छ ।
स्वस्च्छ र सबैको पहँचमा पिउने पानी वितरणका लागि गर्नु खानेपानी संस्थाको दायित्व रहेको संस्थाका अध्यक्ष जिवाखर चापागाईले बताउनु भयो
समाजसेवी जिवन ज्ञवालीले मानव जिवनमा पानी अपरिहार्य रहेकाले सेवाग्राहीका स्वास्थलाई ध्यान दिएर आयोजनाले सबै वडाबासीको घरघरमा सफा पानी वितरण गर्नुपर्ने बताउनुभयो ।
मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष देविदत्त सुवेदी, आपखोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष धर्मागत बस्याल, बुद्धनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष रामप्रसाद भुसाल, कोटियामाई खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष तुल बहादुर गलामी, ब्रह्मबाबा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष ज्ञानेन्द्र मल्ल, मलमला सामुदायिक बन अध्यक्ष तुल्सिराम पोख्रेल, मलमला माध्यमिक विधालय अध्यक्ष भोजराज पान्डे र बालापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सदस्य नरिश्वर न्यौपानेले बोल्दै सहज खानेपानी पाउनु नागरिकको अधिकार भएकाले सोही अनुसार काम गर्न समितिलाई आग्रह गर्नुभयो । संस्थाका कोषाध्यक्ष तिल कुमारी चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सस्थाका सचिव शंकर पौडेलको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।