सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा बृहत् रक्तदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 प्रथम धार्मिक सहिद वाचनशिरोमणि पं. नारायण प्रसाद पोखरेलको स्मृति दिवसको अवसरमा सहिद नारायण पोखरेल रामापुर  क्याम्पस  सैनामैना ६ कलौनी रुपन्देहीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

सहिद नारायण पोखरेल रामापुर क्याम्पस र नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उपशाखाको संयुक्त आयोजनामा  सम्पन्न रक्तदान कार्यक्रम मा ५० युनिट रगत संकलन गरिएको जानकारी नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उपशाखाका अध्यक्ष बिष्णु प्रसाद अर्यालले दिनु भएको छ । 

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश का सभापती लाल प्रसाद पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा सहिद नारायण पोखरेल रामापुर क्याम्पस का उपाध्यक्ष कृष्ण प्रसाद पोखरेल, क्याम्पस प्रमुख हेम बहादुर थापा , नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला का उपमन्त्री दिनेश पन्थी लगायत ले  रगत अभाव हुन नदिन  रक्तदान आवश्यक रहेको भनाइ राख्नु भएको थियो। 

क्याम्पस  संचालक समिति का अध्यक्ष यदुलाल पन्थी को अध्यक्षता मा सम्पन्न रक्तदान कार्यक्रममा क्याम्पस प्रमुख हेम बहादुर थापा ले स्वागत मन्तब्य राख्नु भएको थियो भने संचालन  नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उपशाखा को अध्यक्ष बिष्णु प्रसाद अर्याल ले गर्नु भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।