गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेठ २१, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तर्गत सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द भएको छ ।

मालिका गाउँपालिकाले सूचना निकालेर सिलादी–घमिर–अर्खाबाङ सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको हुँदा एक हप्ताका लागि पूर्णरुपमा बन्द गरिएको जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार पालिकाले काम सम्पन्न नहुँदासम्म आजदेखि यही २७ गतेसम्म यो सडकमा गाडी चलाउन रोकेको हो ।

सडक बन्द भएपछि वैकल्पिक सडकको रुपमा मालिका गाउँपालिका–६ फुलवारी र ७ को अर्चेङ हुँदै बरारुखको सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।