आज केही ठाउँमा हावाहुरीसहित ठूलो वर्षाको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — देशका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ । आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।