टिकटक खुला गर्न सबै सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दुरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाएको जानकारी गराएको छ । १५ दिन अघि नै मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको भए पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन । केही सेवा प्रदायकले सरकारको निर्णयकै आधारमा टिकटिक खुला गरेका भए पनि धेरैले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना निकालेर सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो । टिकटकले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै गएको वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । 


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।