हात्ती बजारमा आजबाट स्केट पार्क सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली 
रुपन्देहीको कञ्चन गाउँपालिका स्थित हात्तिबजारमा हात्तिबजार स्केट पार्क सञ्चालनमा  आएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आज उक्त स्केट पार्कको समुद्घाटन भएको हो ।

पछिल्लो समय स्केटिङमा बालबालिका  तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोही कुरालाई मध्यनजर गर्दै स्केट पार्क सञ्चालनमा ल्याएको सञ्चालक कृष्ण ज्ञवालीले बताउनुभयो । सञ्चालक ज्ञवालीका अनुसार  आज शुभारम्भ भएको पहिलो दिनमै १०० भन्दा बढी  बालबालिका  तथा ,युवायुवतीहरुले  स्केट खेलेर आनन्द लिएका हुन् ।

स्केटिङ खेल्न आउनेहरुलाई ट्रेनर सँगै सुरक्षाका लागि हेलमेट, सेफ्टी गार्ड, नि गार्ड लगायतका सामग्री प्रदान गरिने छ । बालबालिका तथा किशोर किशोरीहरु अहिले विभिन्न कुलतमा फसिरहेकोले त्यस्ता लतबाट छुटकारा पाउन स्केटिङले सहयोग पु¥याउने भएकोले  हात्तीबजार स्केट पार्क अवलोजन गर्न सञ्चालक ज्ञवालीले अनुरोध गर्नुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।