न्याय सम्पादनमा इमानदारीपूर्वक लाग्न प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनमा इमानदारीपूर्वक लाग्न २१ बुँदे निर्देशन दिनुभएको छ । 

आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको आस्था कायम राख्न समर्पण भाव, जिम्मेवारीबोध, लगनशीलता र इमानदारिताका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो । 

प्रधानन्यायाधीश शर्माले राज्यका सबै निकायले सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

निर्देशनमा रणनीतिक योजना र कार्य योजनालाई सुधारको आधार बनाउने, बक्यौता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा प्रवाह व्यवस्थापन प्रभावकारी बनाउने, पेशी तथा इजलास व्यवस्थापन सुधार गर्ने, अनियमितताप्रति शून्य सहनशीलता अपनाउने तथा सुशासनसम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउनुपर्ने भनिएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।