हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके – पूर्वी तराईका केही ठाउँमा हिजोदेखि घाम लागेपनि बाँकेलगायत पश्चिम तराईमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ ।

चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुल्ने गरेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार छिट्टै सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा गाडी चलाउन पनि समस्या भएको छ ।

चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताउनुभयो । हिजोआज अस्पतालमा १ सय बढी निमोनिया र रुघाखोकीका  बिरामी आउने गरेका जानकारी उहाँले बताउनुभयो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।