हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — हिजो ह्वात्तै बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा  २ सय रुपैयाँ घटेर तोलाको ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ५ हजार ३ सय  ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँ बढेर ५ हजार ३ सय ४५ रुपैयाँ थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।