सैनामैना नगरपालिकाको वडा नम्बर ३ र ४ लाई जोड्ने मुर्गियाको मेन हाइवेमा जेब्राक्रसको निर्माण गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालयका रन्यौरा र ओएमजि थरमोपलस्ट प्राइभेट लिमिटेडको सहकार्यमा सैनामैना नगरपालिकाको मुर्गिया बजार विशेषगरी चौकीको अगाडिपट्टि जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
पछिल्लो चरणमा बढ्दै गइरहेको दुर्घटना न्यूनीकरण गर्नका लागि यो जेब्रा क्रसले विशेषगरी मुर्गिया क्षेत्रमा भिडभाड हुने हुँदा यसले निकै ठूलो भूमिका खेल्ने कुरा ईलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख प्रदिप पौडेलले बताउनुभयो ।