शिक्षा बिकास तथा समन्वय ईकाई रुपन्देहीले बिभिन्न बिद्यालयको अनुगमन गरेको छ । शिक्षण शिकाई कार्यको अवलोकन गरी पृष्ठपोषण प्रदान गर्ने तथा शिक्षकलाई पेशागत सहायता प्रसाद गर्ने उद्धेश्यले बिद्यालय अनुगमनलाई तिव्रता दिएको कार्यालयले जनाएको छ ।
कार्यालयले शुरुवात गरेको अनुगमनका क्रममा बिषय विज्ञ शिक्षकले कक्षा अवालोकन तथा शिक्षण बिधिका बिषयमा छलफल गरी सिकाई आदान प्रदान गर्ने गरिएको समन्वय ईकाई प्रमुख माधव बन्जाडेले जानकारी दिए । कार्यालयले आईतबार बुटवलको नयाँगाउँ मावि र सैनामैनको रामापुर माविको अनुगमन गरेको समन्वय प्रमुख बन्जाडेले जानकारी दिए । उनले स्थानिय तहबाट बिद्यालयहरुमा अनुगमनको काममा सुस्तता आएको गुनासो बढेपछि समन्वय इकाईले अनुगमनलाई चुस्त बनाएको बताए अनुगमन समितिले बिद्यालयको व्यवस्थापकिय पक्षको समेत अवलोकन गर्ने गरेको छ ।
कार्यालयले रुपन्देहीका १६ बटै स्थानिय तहका बिद्यालयहरु छनौट गरी अनुगमन गर्ने जनाएको छ ।