सैनामैनाको बासगढीमा वैदिक सनातन धर्म र बिज्ञानबारे जानकारीमुलक कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली

सैनामैना,रुपन्देही 

रुपन्देहीको सैनामैना ८ बासगढीमा अाइतबार वैदिक सनातन धर्म र बिज्ञानबारे जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ । समाजमा रहेका युवा पुस्ताहरुलाई धर्म संस्कृति र बिज्ञान बारेमा जानकारी गराउनको गरिएको उक्त कार्यक्रममा सैनामैनाका ३५ जना युवाहरुको उपस्थिति रहेको थियो ।

वर्तमान समाजमा युवावर्गहरुमा धर्म संस्कृतिप्रति कम चासो राख्ने प्रवृत्ति घट्दै गएकोले गएकोले गर्दा युवा लक्षित यस प्रकारको कार्यक्रम अायोजना गरिएको बासगढी युवा क्लबका अध्यक्ष शिवु भण्डारीले बताउनुभएको छ । 

सैनामैनाका युवाहरुमा धर्म,संस्कृतिको बारेमा रुचि जगाउनका साथै धर्म संस्कृतिको जगेर्ना गर्ने उदेश्य कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थिति युवाहरुले धर्म संस्कृतिको रक्षाले मात्र समाज एवं सिङ्गो देशको पनि रक्षा हुने भएकोले अाफूहरु यसको रक्षाको लागि हरकदम तयार रहेको बताएका छन् । युवा वर्गले धर्म,संस्कृति र बिज्ञानको महत्त्वलाई समाजमा फैलाउन भूमिका खेल्नुपर्ने कुरा कार्यक्रममा युवाहरुले अौल्याएका छन् । 

धर्म संस्कृति एवं वैदिक ज्ञानले युवाहरुमा अनुशासन,नैतिकता एवं समझदारी बढ्ने विश्वास रहेको कार्यक्रमका प्रमुख अतिथि इस्कोन नेपालका सदस्य विदुर दासले बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यलय सालझणडीका प्रहरी, एवं स्थानीय समेतको उपस्थिति रहेको थियोे । 

बासगढी युवा क्लब र सनातन हिन्दु युवा समूहको अायोजनामा सम्पन्न कार्यक्रम सैनामैनाको बासगढी स्थित पुस्तकालयमा भएको थियो भने कार्यक्रमको सञ्चालन पुस्तकालयकी कर्मचारी कल्पना गैरेले गर्नुभएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।