सैनामैनाकाे लिटिल बर्डस स्कुलमा सहिद दिवस मनाईयाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देहीकाे सैनामैना -२ स्थित लिटिल बर्डस स्कुलमा सहिद दिवस मनाईएकाे छ । देशका लागि सहादत प्रदान गर्ने सहिदहरूकाे सम्झना तथा सम्मानमा विविध कार्यक्रम सहित सहिद दिवस मनाईएकाे हाे ।

सहिदहरुको सम्झनामा विद्यालय प्राङ्गणमा नेपालको नक्साकाे आकृति बनाई दिप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरिएकाे थियाे । कार्यक्रममा विद्यार्थीहरुले नृत्य,नाटक, गीत, कविता बचन लगायतका प्रस्तुती समेत प्रस्तुत गरेका थिए । 

राष्ट्रकाे हितमा संघर्ष गर्ने क्रममा बलिदान दिने सहिदहरूकाे योगदानका बारेमा विद्यार्थीहरुलाई अवगत गराउन विद्यालयमा कार्यक्रम गरिएकाे  विद्यालयका प्राचार्य धर्मराज घिमिरेले बताउनुभयो । विद्यार्थीमा राष्ट्रियताको भावना जगाउन आवश्यक रहेको समेत उहाँले जाेड दिनु भयो । 

कार्यक्रममा, विद्यालयका सह-प्राचार्य सुरेश पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक अनिश भण्डारी, प्लस टु काेडिनेटर सुशील पाण्डे, कक्षा ९ का अभिलाषा अर्याल पबित्रा श्रेष्ठ र योन्जन कंडेल लगायतले शहीदको महत्त्व र शहीदको सपना भन्ने विषयमा भनाई राख्नुभएकाे थियाे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।