नवलपरासी बर्दघाट–सुस्ता पूर्वमा निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीमा काम गर्दै गर्दा बेहोस भएका तीन जनाको ज्यान गएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शौचालयको सेफ्टिक ट्याङ्कीभित्र काम गर्दै गर्दा आज दिउँसो बेहोस भएका घरधनी सिंहका छोरा ३८ वर्षका प्रकाशसिंह, स्थानीयबासिन्दा १९ वर्षका गणेश बोगटी र काम गर्ने मिस्त्री २८ वर्षका मोहम्मद राजाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेहोस भएका तीनै जनालाई उपचारका लागि रुपन्देही पठाइएको थियो ।