भारतले मनायो ७७औँ गणतन्त्र दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतले आज आफ्नो ७७औँ गणतन्त्र दिवस मनाएको छ । उपनिवेश तोडेर आफ्नै संविधान लागू गरेको र औपचारिक रूपमा गणतन्त्र बनेको दिन हरेक वर्ष भारतले जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गर्छ ।

गणतन्त्र दिवस समारोहमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गरेको छ ।

यस्तै राजधानी दिल्लीको आकाशमा सैन्य ट्याङ्क र लडाकु विमानहरू देखिएका थिए । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।

गणतन्त्र दिवसका अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यका मुख्यमन्त्री, कलाकारलगायतले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गरेका छन् ।


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।