तीन दिनदेखिको भारी वर्षा र बाढीबाट भारतको गुजरातमा २८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतको गुजरातमा विगत तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परि २८ जनाको मृत्यु भएको छ । मध्य गुजरातका धेरै गाउँ र सहर डुबानमा परेका छन् भने ५० हजार मानिस प्रभावित भएका छन् ।

बाढी प्रभावित करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् । बाढीबाट वडोदरा सहर सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेश सरकारले बुधबारदेखि राहत र उद्धार कार्यका लागि सेना बोलाएको जनाएको छ । स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता रुषिकेश पटेलले केही क्षेत्रमा १० देखि १२ फिटसम्म पानी भरिएको जनाउनुभएको छ ।

 

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले गान्धीनगरमा बाढीको स्थितिको लागि राहत र उद्धार कार्यको समीक्षा गरे । गुजरातको विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ ।

त्यस्तै राजधानी दिल्लीमा हिजो रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । नदीहरुले आफ्नो सहत पार गर्दा दिल्लीका अधिकांश सडकहरु जलमग्न भएको बताइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।