धेरै पालिकाहरुको वेबसाइटमा समस्या, खुलाउने प्रयास भइरहेको सरकारको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 पुष १२, २०८१काठमाण्डौ – देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । काठमाण्डौ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले अरु पालिकाका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिनुभयो ।

वेबसाइटमा समस्या रहेकोबारे ढिलो गरी थाहा भएको र आजसम्म समस्या समाधान हुने गरी काम भइरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

समस्या रहेका वेबसाइटहरुमध्ये केहीमा ‘यस वेबसाइटको मर्मत कार्य जारी छ । हामी एकछिन पछि फर्कने छौँ,’भन्ने सूचना राखिएको छ भने कतिपय वेबसाइट भने सूचनाविना नै बन्द छ ।

वेबसाइट नचल्दा पालिकाहरुले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूसमेत असर परेको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।