आकाश छुने चीर, मन छुने रङ्ग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – काठमाण्डाैको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै देशभर यो वर्षको होली पर्व शुरू भएको छ । आज बिहान ७ बजेर १३ मिनेटको साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याइएको हो ।

याेसँगै चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ । वसन्तपुरमा चीर ठड्याएकाे हेर्ने र अबीर खेल्नेकाे भीड लागेकाे छ । 

तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।