लगातार ५ कारोबार दिन बढेको शेयर बजार आज दोहोरो अङ्कले घट्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – लगातार पाँच कारोबार दिन बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४५ अङ्कले घटेर २ हजार ९३५ दशमलव ९४ विन्दुमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र फाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २१३ वटा कम्पनीको शेयर घटेकोमा ४५ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज अभियान लघुवित्तको शेयर सबैभन्दा धेरै ७ दशमलव ७४ प्रतिशत, सालपा विकास बैंकको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इनको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका ३ करोड ५८ लाख कित्ता शेयर १५ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।