सुनको भाउ आज तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ । भाउ बढेर आज सुन तोलाको दुई लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । 

 हिजो सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि लगातार ६ कारोबार दिन घटेको सुनको भाउ आज सातौँ दिन बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गएको मङ्गलबार सुन तोलाको तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो । त्यसयता निरन्तर घटेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ४१५ रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ५०५ रुपैयाँ रहेकोमा आज चार हजार ९२० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।