मकवानपुरको बिजौनामा बस दुर्घटना, २२ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनामा आज बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

पर्साकाे वीरगञ्जबाट चितवनका लागि छुटेको बाग्मती प्रदेश ०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि चितवन पठाइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।