तिलगाउँवासी खाेलाकाे धमिलाे पानी खान बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 जेठ ८, काठमाण्डाै – हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।

जेठ १ गते आएको बाढीले खानेपानी, पुल, सिँचाइ र जलविद्युत् आयोजना क्षति गरेपछि उनीहरू धमिलो पानी खान बाध्य भएका हुन् । खानेपानीको पाइप र धारा नै बाढीले बगाएको स्थानीय बासिन्दा कन्जोक फुर्वा लामाले बताउनुभयो ।

तिलगाउँका १८ परिवार घर छाडेर त्रिपालमुनि बसेका छन् । पीडितहरूलाई चामल, दाल, तेल, नुन, चाउचाउ, त्रिपाललगायतका राहत सामग्रीसहित खानेपानी आयोजना मर्मतका लागि सिमेन्ट र पाइप पनि पठाएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच तिलगाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला सुदरमुकाम सिमिकोट पुगेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।