सैनामैनामा सिपमुलक तालिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, पुस ०८ । 
रुपन्देहीको सैनामैनामा महिला संग उप प्रमुख कार्यक्रम संचालन गरिएको छ । महिलाहरुलाई अत्मानिर्भर बनाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले बताउनु भयो । नगरमा रोजगारीको श्रृजन गर्न यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ । 

सो कार्यक्रम अन्तगत विभिन्न सिपमुलक तालिम, नेतृत्व विकास तथा सचेतनामूलक कार्यक्रम गरिने उहाँले बताउनु भयो । महिलाहरुलाई स्वारोजगार बनाई महिलाहरुले उत्पादन गरेका हरेक उत्पादित बस्तु तथा समाग्रीहरुको संकलन र बजारीकरण गर्न सैनामैनामा कोसेली घर निर्माण गरिने समेत उहाँले बताउनु भयो  । 

महिलाहरुलाई आत्मानिर्भर बनाउने उद्देश्यले सैनामैनामा महिला संग उप प्रमुख कार्यक्रम अन्तरर्गत यस आर्थिक वर्षमा १८ लाख ५० हजार रकम  विनियोजन गरिएको छ । महिलाहरुलाई स्वरोजगार तथा व्यवासयि बनाउने उद्देश्यले महिला संग उपप्रमुख कार्यक्रम सञ्चालन गरिएको उप प्रमुख रानाले बताउनु भयो । सामाजिक परिवर्तन र महिलाको आर्थिक, सामाजिक सशक्तीकरण गर्न यस कार्यक्रमले मद्दत पुग्ने उहाँको भनाई छ ।

सैनामैनामा आचार बनाउने तालिम सम्पन्न

सैनामैनामा महिला संग उपप्रमुख कार्यक्रम अन्र्तगत महिलाहरुलाई अचार बनाउने तालिम दिईएको छ । महिलाहरुलाई व्यवासयि बनाउने उद्देश्यका साथ सो तालिम दिईएको हो । 

महिलाहरुलाई सीप सिकाई आर्थिक उन्नयनका लागि रोजगारी श्रृजना गर्ने गरि महिलाहरुलाई यस तालिम दिईएको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सो कार्यक्रममा बताउनु भयो । तालिम अवधिभर सिकेका ज्ञान–सिपलाई आउँदो दिनमा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने उहाँले सुझाव थियो । अचार बनाउनका लागि कच्चापदार्थ स्थानीयस्तरमा उपलब्ध हुने हुँदा अचार बनाउने सामग्रीको उचित प्रयोग गरि आयआर्जनमा वृद्धि गर्नुपर्ने उहाँले जोड दिनु भयो । स्वादेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने बताउनदै उहाँले भन्नु भयो –‘महिला दिदीबहिनीहरु व्यावसायिक रुपमै अघि बढ्नु पर्छ ।’ 

उद्यमशिलता र सीप उन्नयनका लागि ५ दिने अचार बनाउने तालिमले महात्वपुर्ण भूमिका खेल्ने सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले बताउनुभयो । महिलाहरुको चाहाना अनुसार सीप मुलक तालिम सञ्चालन गरिएको उहाँको भनाई छ । तालिम लिएका महिलाहरुलाई नगरले स्वरोजगार बन्न सहयोग गर्ने उहाँले बताउनुभयो । 

तालिम पश्चात् महिलाहरुलाई सक्षम उद्यमी बन्न सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले आग्रह गर्नुभयो । व्यवासय गर्न चहाने महिलाहरुलाई आफ्नो वडाले सहयोग गर्ने उहाँको भनाई छ । 

च्याउ, करेला , खुर्सानी , माशु , मेथी, लसुन , लगाएत मिक्स अचार बनाउने तालिम दिईएको तालिम आयोजक सैनामैना मगर महिला संघकी अध्यक्ष जुनु पुन मगरले बताउनुभयो । तालिमले परिवारमा आय–आर्जनमा टेवा पुग्ने र महिलाहरुलाई स्वरोजगार बनाउन मद्दत मिल्ने उहाँको भनाई छ । 

गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी गर्न सकिने प्रशिक्षक शोभा खत्रीले बतानुभयो । अहिले सहर तथा बजारहरुमा अचारको माग बढिरहेको उहाँले बताउनुभयो ।

तालिम सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा सैनामैना मगर महिला संघको आयोजनामा सम्पन्न गरिएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।